दफा २
विगतका नीतिगत प्रयासहरु
विगत केही वर्षदेखि नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विभिन्न नीतिगत प्रयासहरु भएका छन् । राष्ट्रिय सञ्चार नीति, २०४९ तथा नेपाल दूर सञ्चार ऐन तथा नियमावली, २०५६ लागू भए पछि देशमा दूर सञ्चार क्षेत्र खुला एवं प्रतिस्पर्धी युगमा प्रवेश गरेको हो । उक्त नीति एवं कानूनका आधारमा वि.सं. २०६० मा घोषित दूर सञ्चार नीतिले खुला इजाजत व्यवस्था र प्रविधि तटस्थता लगायतका अवधारणा प्रवर्द्धन गर्दै दूर सञ्चार क्षेत्रलाई बढि प्रतिस्पर्धी बनाउदै अघि बढाइएको हो । दूर सञ्चार क्षेत्रमा भएका यी नीतिगत प्रयासहरुका अतिरिक्त वि.सं. २०५७ मा लागू गरिएको सूचना प्रविधि नीतिले सूचना प्रविधिलाई देश विकासको वृहतर लक्ष्य हासिल गर्ने
औजारको रुपमा स्थापित गर्ने अवधारणा प्रवर्द्धन गरेको थियो । वि.सं. २०६७ मा आइपुग्दा यस नीतिको परिमार्जन भैसकेको छ । त्यस्तै वि.सं. २०७१ मा लागू गरिएको राष्ट्रिय व्रोडब्याण्ड नीतिले नेपालमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत दिगो आर्थिक सामाजिक विकासका लक्ष्य हासिल गर्ने प्रयासमा एक महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ ।